Kandetar (Barbed Wire)
Action
Singer
भजनशिरोमणि भक्तराज आचार्यले सन् १९४२ मा धनकुटामा आमा रेनुका आचार्य र बुबा बलभद्र आचार्य को कोख बाट जन्म लिनुभएको थियो । भक्तराज आचार्यले जन्मेको साढे एक वर्षमानै आफ्नो बुबाको माया बाट बाञ्चित हुनु परेको थियो । त्यस पछि गाउँमा महामारी फैलिएपछि आमा रेनुका आचार्यसँग भक्तराज आचार्यपनि भारतको सिक्किम जानु भयो । सिक्किम गएर पनि सानै देखी...See Full
भजनशिरोमणि भक्तराज आचार्यले सन् १९४२ मा धनकुटामा आमा रेनुका आचार्य र बुबा बलभद्र आचार्य को कोख बाट जन्म लिनुभएको थियो । भक्तराज आचार्यले जन्मेको साढे एक वर्षमानै आफ्नो बुबाको माया बाट बाञ्चित हुनु परेको थियो । त्यस पछि गाउँमा महामारी फैलिएपछि आमा रेनुका आचार्यसँग भक्तराज आचार्यपनि भारतको सिक्किम जानु भयो । सिक्किम गएर पनि सानै देखी सङ्गीतमा रुची राख्ने भक्तराज आचार्यलाई सङ्गीतको मोहले छाडेको थिएन ।
अझ पछि आफ्नो आमाले पनि कामगर्न नसक्ने अवस्था आएपछि परिवारको एक्लो छोरा भक्तराजले सानै उमेरमा पारिवारिक जिम्मेवारी पनि सम्हाल्नु परेको थियो । त्यसैले उहाँको बाल्यकालको समय त्यति सुखद रुपमा बित्न सकेन । वेस्ट बंगालको डुवर्समा पनि भक्तराज आचार्यको बसाई त्यति सहज थिएन ।
सानै देखी सरस्वती पुजा लगायत अन्य कार्यक्रममा मौका पाउने बित्तिकै आफ्नो प्रतिभा देखाउन पछी नपर्ने भक्तराजको बाल्यकाल र युवा अवस्थाका केही क्षणहरु पनि त्यतै बिते । भारत बसाईको क्रममा भक्तराजले ईलाहाबादबाट संगित सम्बन्धी औपचारिक शिक्षा पनि लिनु भएको थियो तर त्यती बेला सम्म भने उहाँको सांगितिक यात्राले त्यति फड्को मारिसकेको थिएन र सांगितिक ज्ञान भएर पनी कुनै गित रेकर्ड गर्नु भएको थिएन ।
सांगितिक यात्राको शुरुवात:
वि.सं. २०३० मा काठमाडौंमा भएको “अधिराज्यव्यापी राष्ट्रिय गित प्रतियोगिता” मा भाग लिए पछी भने उहाँको सांगितिक जिवनले अग्रगती लिन थाल्यो । त्यसबेला उहाले गाउनु भएको राष्ट्रिय गित “होसियार यसबखत समयको मुखलाई चिन....” भन्ने गित बाट उहाँले 'गोल्ड मेडल' प्राप्त गर्नु भएको थियो । त्यस गितमा उहाँले मात्र नभई रचनाकार तथा सङ्गीतकार अम्बर गुरुङले पनि 'गोल्ड मेडल' प्राप्त गर्नु भएको थियो । यो गित नै उहाँले गाएको पहिलो गित थियो ।
त्यसपछि उहाँले रेडियो नेपालमा जागिर पाउनु भयो र उहाँको स्वरमा पहिलो पटक “मलाई जिवन चाहिन्छ....” बोलको गित रेकर्ड भयो । यो गित बाट शुरु भएको उहाँको सांगितिक यात्रा त्यति सहज भने रहेन । त्यो बेलामा पनि उहाँको आफ्नै शैली र पहिचान थियो । कतिले त उहाँको प्रतिभा देखी डराएर उहाँलाई अरुको गित गाउने, गित गाउन नसक्ने सम्म भने तर उहाँको पछाडी भने उहाँको कला देखी डराउथें ।
वि.सं. २०३० देखी २०४६ साल सम्मको साँगितिक यात्रामा उहाँले करीब ४५० वटा गितहरु गाउनु भयो जुन गितहरु अझै पनी हाम्रा माझ अमर र अजर भएर गुञ्जिरहेका छन । यति मात्र होईन उहाँले गाउनु भएका यत्तिका गितहरु मध्ये २०-२५ वटा गितहरुमा बाहेक उहाँले आफ्नै कम्पोजिसनमा तयार पार्नु भएको छ ।
उहाँको प्रतिभा र आँट देखेर डराउनेहरुले उहाँलाई अरुको गित गायो भनेर भनेपनि उहाँको पछाडी उहाँकै प्रशंशा गर्ने गर्दथे ।
त्यही कुरा बाट प्रभावित भएर उहाँले आफ्नो कम्पोजिसनमा धेरै गितहरु गाउउनु भएको छ । उहाँका छोरा तथा गायक स्वरुपराज आचार्य भन्नुहुन्छ -“त्यती बेला रेडियो नेपालमा केही व्यक्तिहरुको हालिमुहाली भएकाले गर्दा पनि भक्तराज आचार्यले आफुलाई माथी उठाउन र आफ्नो पहिचान बनाउन धेरै संघर्ष गर्नु परेको थियो, त्यो बेला रेडियो नेपालमा धेरै अस्वस्थ प्रतिष्पर्धा हुन्थ्यो । मेरो बुबा आफ्नो प्रतिभा र गायकिले गर्दानै यति माथी सम्म उठ्न सफल हुनुभएको हो । तर यसको लागी उहाँले धरै दुख भोग्नु भयो यतिकि सायद अरु कुनै मानिस भएको भए उसले ति मानिसहरुको व्यावहार देखी आजित भएर गित रेकर्डनै गर्ने थिएन ।
भक्तराज आचार्यको कालो समय:
समयको चक्र सँगै अगाडी बढिरहनु भएका भक्तराज आचार्यलाई २०४६ सालमा एउटा बज्रपात आईलाग्यो जुन घटनाले भक्तराज आचार्यलाई र उहाँको परिवारलाई एउटा संकटमा धकेलिदियो । निकै मेहनती र आफ्नो कुरामा अडिग रहने भक्तराज आचार्य माथी काठमाडौंको बौद्दमा सांघातिक हमला भयो । जसको कारणले उहाँको टाउकोमा १०० वटा टाँका लगाउनु परेको थियो ।
त्यो हमला कसैको षडयन्त्र हो जस्तो लाग्छ । उहाको प्रतिभा र गायन देखी धेरै डराउँथे जसले उहामाथि सांघातिक हमला गरेका हुन सक्छन । तर उहाँको त्यो चोट निको नहुदै उहाँलाई अर्को बज्रपात आईलाग्यो र उहाँको जिब्रोमा देखिएको सानो खटिराले क्यान्सरको रुप लियो जसको कारणले २०५० मा उहाँको जिब्रो काट्नु पर्यो र उहाँको सुरिलो स्वर हामीहरु माझ बाट टाढा भयो ।
अर्को अर्थमा भन्नु पर्दा नेपाली सांगितिक क्षेत्रले एउटा बहुमूल्य प्रतिभाको आवाज लाई गुमायो र नेपाली सांगितिक क्षेत्रमा अपूरणिय क्षति भयो जुन क्षति सानो तपस्या र लगावले पुरा गर्न सम्भव छैन । “कोही नगरोस.... प्रेम अमर प्रेमको मूल्य कहाँ छ.....” यो गित नै उहाँको लागी अन्तिम गीत थियो , नेपाली संगीत ईतिहासको ।
Movie Name | Release Date(BS) |
---|---|
Bhagya-Rekha | 2046-7-26 |
Date | Title | Awarded In | Name |
---|
© 2020-2022 Film Development Board. All Rights Reserved